समाचार

फोटोसहितको मतदाता नामावली संकलन आजबाट

काठमाडौं, १ साउन । निर्वाचन आयोगले आइतबारदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गर्दैछ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि आयोगले आगामी १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने भएको हो ।

आयोगले सूचना निकालेर १८ वर्ष पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकालाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको हो ।

नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्नेछ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने आयोगले स्पष्ट पारेको छ ।

यसैबिच प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रमुख निर्वाचन आयुक्तसहित निर्वाचन आयुक्तहरुसँग यसबारेमा छलफल गर्ने हुनुभएको छ । प्रधानमन्त्री देउवाले नामावली संकलनको समय १५ दिन थप गर्ने र आफू रहेकै ठाउँबाट नामावली संकलन गर्ने ब्यवस्था मिलाउने विषयमा छलफल गर्न लाग्नुभएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट