समाचार

फ्रान्सको चुनाव नजिकिदै, उम्मेदवारहरुबीच आरोप प्रत्यारोप

एजेन्सी, २१ बैशाख । आगामी मे ७ मा फ्रान्समा हुने राष्ट्रपतीय चुनाव अघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपतिका २ प्रत्यासी आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
दक्षिणपन्थी उम्मेद्वार मरिन ले पेन र मध्यपन्थी स्वतन्त्र उम्मेदेवार एम्मानुएल म्याक्रोबीच झण्डै साढे २ घण्टा लामो राष्ट्रपतिय बहसमा व्यक्तिगत आरोप प्रत्यारोप भएको हो । दुई उम्मेद्वारहरुले बहसमा आफ्नो चुनावी एजेण्डाहरुभन्दा पनि प्रतिद्धन्द्धिको चर्को आलोचना गरेका थिए ।

बहसमा दक्षिणपन्थी ले पेनले म्याक्रोलाई विनाशकारी विश्वव्यापीकरणको वकालत गरिरहेको भन्दै यसले फ्रान्समा कलह तथा द्वन्द्व सिर्जना हुने बताएकी थिइन् । यता म्याक्रो“ले भने जनताहरुप्रति भ्रम फैलाउंदै ले पेनले झुटो आश्वासन दिएको आरोप लगाए ।

बहस आतंकबाद, रोजगारी श्रृजना तथा अर्थतन्त्रबारे पनि केन्द्रित थियो । बहस पछि  राष्ट्रपतीय निर्वाचनको सर्वेक्षणमा उदारवादी म्यानुयल म्याक्रो प्रभावशाली देखिएको सर्वेक्षणले देखाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट