समाचार

फ्रान्सको राष्ट्रपतिमा म्याक्रोन निर्वाचित

फ्रान्स, २५ बैशाख । फ्रान्सको राष्ट्रपतिमा इम्यानुएल म्याक्रोन निर्वाचित भएका छन् । आइबार भएको दोस्रो चरणको चुनावमा म्याक्रोनले दक्षिण पन्थी उम्मेद्वार मरिन लि पेनलाई पराजित गरेका हुन् । म्याक्रोन ६६ दशमलव ०६ प्रतिशत मत ल्याएर विजयी भएका हुन् । त्यस्तै दक्षिण पन्थी नेतृ लि पेनले ३३ दशमलव ९४ प्रतिशत मत ल्याएकी छन् ।

makron

राष्ट्रपतिमा निर्वाचित भएका म्याक्रोनले फ्रान्सको इतिहासमा नयाँ समय सुरु भएको बताएका छन् । अबको समय विश्वास र आशाको समय बनाउन चाहेको उनले बताए ।  म्याक्रोन र पेन गएको अप्रिल २३ मा भएको पहिलो चरणको चुनावमा अरु प्रतिस्पर्धीलाई पछि पार्दै दोस्रो चरणमा पुगेका थिए । पहिलो चरणको चुनावमा ११ जना प्रत्यासी थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट