समाचार

फ्रान्समा चुनावी तयारी पु्रा, आइतबार मतदान हुने

एजेन्सी, २२ बैशाख । फ्रान्समा आइतबार राष्ट्रपति चुन्नका लागि हुने दोश्रो चरणको मतदानको सबै तयारी पुरा भएको छ ।

दोश्रो चरणको चुनावी मैदानमा दुई उम्मेद्वार, उदारवादी एम्मानुएल म्याक्रो र कट्टर दक्षिणपन्थी मरिन ले पे रहेका छन् । चुनावमा ४ करोड ७० लाख मतदाता योग्य छन् । भोली स्थानीय समयअनुसार बिहान ८ बजेबाट सुरु मतदान राती ८ बजेसम्म चल्नेछ । मतदानका लागि ७० हजार मतदान केन्द्र तोकिएका छन ।

चुनावको नतिजा मतदान सकिएको केहि समयपछि आउन सुरु हुने जनाइएको छ । निर्वाचित राष्ट्रपतिले आगामी ५ वर्षसम्मका लागि फ्रान्सको नेतृत्व सम्हाल्नेछन् ।

गत अप्रिल २३ मा सम्पन्न पहिलो चरणको चुनावमा म्याक्रो र ले पेनले क्रमशः २३ र २१ प्रतिशत मत ल्याएर विजयी भएका थिए । हालै सार्वजनिक भएका सर्वेक्षणमा म्याक्रो ले पेनभन्दा अघि रहेको देखिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट