समाचार

बंगलादेशमा ५ जनालाई मृत्युदण्ड

एजेन्सी, १७ काठमाडौ, सन् २०१५ को अक्टोबरमा एक जापानी नागरिकका हत्यामा संलग्न रहेको अभियोगमा बंगलादेशमा ५ जनालाइ मृत्युदण्ड दिइएको छ ।
बंगलादेशको उत्तरी शहर रङ्गपुरको विशेष अदालतले सन् २०१५ को अक्टोबरमा जापानी नागरिक कुनियो होशीको हत्या गरेको आरोपमा बंगलादेशमा सक्रिय इस्लामिक अतिवादी समुह जमात अल–मुजाहिद्दिन बंगलादेशका ५ लडाकुलाइ मृत्युदण्डको फैसला सुनाएको हो ।

अदालतले छ जना आरोपीमध्ये एक जनालाइ दोषि प्रमाणित गर्ने पर्याप्त आधार नभएको ठहर गरेको छ । मृत्युदण्ड सुनाइएका चार जना मात्र हिरासतमा रहेको र एक जना अझै फरार रहेको बंगलादेशको समाचार संस्था द डेली स्टारले जनाएको छ । सन् २०१५ को अक्टोबर ३ का दिन रङ्गपुर शहरमा आफ्नो नियमित कामका लागि रिक्सामा यात्रा गरिरहेका जापानी नागरिक होशीको मोटरसाइकलमा सवार बन्दुकधारीले गोली हानी हत्या गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट