समाचार

बर्दिया बाढी अपडेट- ३ जनाको मृत्यु, ४ जना घाईते, साढे २४ हजार विस्थापित

लक्ष्मण ढुंगाना, २९ साउन, बर्दिया । बर्दियाको बबई, मान नदि र विभिन्न खोलाहरुमा आएको बाढीका कारण हालसम्म ३ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् ।

 

बाढीमा डुबेर ठाकुरवावा नगरपालिका २ बस्ने ७० बर्षिय साउनी थारु, वडा नम्वर ५ का बर्ष ६० का गोविन्द थारु र बारबर्दिया नगरपालिका वडा नं. १० बस्ने बर्ष २९ का राजेन्द्र थारुको मृत्यु भएको हो ।

 

त्यस्तै बाँसगडी नगरपालिका १ स्थित तुलबहादुर विकको घर भत्किदा उनकी ६० बर्षिय श्रीमती ननकली वि क, ३६ बर्षिय छोरा सुते नेपाली र १८ बर्षिया छोरी भुमिसरा नेपाली घाईते भएका छन् । त्यसैगरी मधुवन नगरपालिका १ सुर्यपटुवाका कालुराम थारु नदीमा बगेर घाईते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

 

बाढीका कारण बर्दियाको सदरमुकाम गुलरिया समेत डुवानमा परेको छ । बाढीबाट गुलरिया नगरपालिका, बार बर्दिया नगरपालिका, ठाकुरबाबा नरपालिका, बासगढी नगरपालिका र बढैयातालगाउँपालिकाका दजनौ गाउँहरु डुवानमा परेका छन् ।

 

बाढीका कारण बर्दियामा ७४ हजार तिनसय २७ जना प्रभावित भएका छन भने ४ हजार तिनसय ८८ घरधुरीका २४ हजार ५ सय ७५ जना विस्थापित भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रले जनाएको छ ।

 

त्यस्तै बाढीवाट जिल्लाका विभिन्न क्षेत्रका २ हजार १ सय ७३ घरमा पुर्ण र ८ हजार ९ सय ६२ घरमा आंसिक रुपमा क्षति भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।

 

बाढीवाट प्रभावितहरुलाई हाल नेपाली सेना, नेपालप्रहरी र सशस्त्रप्रहरीले करिव ६ हजार जनाको उद्धर गरि सुरक्षित ठाउँमा राखेको प्रहरीले जनाएको छ । बाढीका कारण बर्दियाको सदरमुकामगुलरिया देखि पूव र पश्चिमदुबै तर्फ यातायात अवरुद्ध भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट