समाचार

बर्दियाका बाढीपीडितले राहत नपाएपछि कार्यलयमा तालाबन्दी गरे

लक्ष्मण ढुंगाना÷बर्दिया २ मँसिर । राहत वितरणमा भेदभाव र अनियमिता भएको भन्दै प्रकोप पिडित्ले बर्दियाको बारबर्दिया नगरपालिकाका तिनवटा वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

वाढी पिडित्ले बास्तविक पीडितलाई राहत नदीएको, राहत वितरणमा पुर्वाग्रही भएको, पुर्णरुपमा क्षति भएका घरलाई समेत नसमेटेको, गलत तथ्यांक संकलन गरेको जस्ता आरोप लगाएका छन् । बारबर्दिया नगरपालिका वडा नम्वर १, ३ र ४ का स्थानीयले कार्तिक २८ गतेदेखि वडा कार्यालयमा तालाबन्दी गरेपनि नगरपालीकाले प्रवाह गर्ने सेवा प्रभावित् बनेको छ । वास्तविक पीडितले न्याय नपाएसम्म आन्दोलन नरोक्ने चेतावनी उनिहरुले दिएका छन् ।

बाढीपीडितको लागत लिनेक्रममा एकै किसिमका प्रभावितको विवरणमा समेत विभेद भएको र राहत वितरण गर्दा अन्याय गरेको भन्दै उनिहरुले छुट भएका पिडित्लाई राहत दिन र गलत विवरण सच्याउन दवाव दिएका हुन् ।

विपत व्यवस्थापन समितिले भने अहिले धमाधम राहत रकम वितरण गरिरहेको छ । रकम वितरण सुरु भएलगत्तै छुटेका पीडित परिवारले आन्दोलन थालेपछि कार्यालयको प्रशासनिक काम र राहत रकम वितरण रोकिएको छ । बारबर्दिया नगरपालिका वडा कार्यालयले विवरण संकलन गर्दा त्रुटी भएको स्विकार्दै छुटेका पीडित परिवारलाई समेटेर नगरपालिका मार्फत जिल्ला पठाउने जनाएको छ ।

साउन अन्तिम साता आएको बाढीवाट बर्दियामा २ हजार ४ सय ८५ घर पुर्ण र १७ हजार ९ सय ५० घर आसिंक क्षति भएको जिल्ला दैवि प्रकोप उद्दार समितिको तथ्यांक छ । बारबर्दिया नगरपालिकामा मात्र २ सय ७३ घर पुर्ण र ४ हजार २ सय १३ घरमा आंसीक क्षति पुगेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट