समाचार

बलात्कार तथा हत्यामा संलग्न विरुद्ध सुनाइएको फाँसीको सजाय यथावत

एजेन्सी, २३ बैशाख । सन् २०१२ मा दिल्लीमा भएको सामुहिक बलात्कार तथा हत्यामा संलग्न रहेका ४ जना विरुद्ध सुनाइएको फाँसीको सजायलाई भारतको सर्वोच्च अदालतले यथावत राखेको छ ।

भारतको सर्वोच्च अदालतमा ३ न्यायाधीशको संयुक्त इजलासले दिल्ली बलात्कार मुद्धा अत्यन्त दुर्लभ रहेको र न्यायको सुनिश्चितताका लागि अपराधीहरुलाई सबैभन्दा ठुलो सजाय दिइएको जनाएको छ । यस घटना अत्यन्त अमानवीय रहेको भन्दै कुनै पनि हालतमा घटनामा संलग्नलाई माफि दिन नसकिने जनाएको छ ।

बलात्कार तथा हत्यमा संलग्न ४ जनाले सन् २०१४ मा दिल्लीको उच्च अदालतबाट सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । अपराधमा संलग्न एक जनाले हिरासतमै आत्महत्या गरेका थिए भने अर्का एक संलग्न घटनाको समयमा नाबालक रहेको भन्दै तीन वर्षका लागि सुधार गृह पठाइएको छ ।

अदालतको फैसलापछि पीडितका पिताले अदालतको फैसलाबाट आफ्नो परिवारको जीत भएको प्रतिक्रिया दिएका छन् ।
सन् २०१२ को डिसेम्बर १६ मा दक्षिणी दिल्लीको मुनिर क्षेत्रमा चिकित्सा विषय अध्ययनरत एक महिला विद्यार्थीलाई बलात्कार गरि हत्या गरिएको थियो । यस घटनाले भारतभर आक्रोश पैदा भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट