समाचार

बाढीपहिरोको वितण्डा – ३० जनाको मृत्यु, उद्धारको काम भइरहेको सरकारको भनाई

काठमाडौ, २८ साउन । सरकारले तराईका केही जिल्ला बाढी र डुबानबाट प्रभावित भएको तथा कतिपय स्थान अझै पनि जोखिममुक्त नरहेको भन्दै विशेष सर्तक रहन सर्वसाधरणलाई आग्रह गरेको छ ।

विभिन्न जिल्लामा नदीको सतहको पानीमा उच्च बहाव आएको तथा सो क्रम केही समय जारी रहन सक्ने भन्दै सरकारले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई विशेष सर्तक रहन आग्रह गरेको हो ।

केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको सिंहदरबारमा सनिबार बसेको आकस्मिक बैठक पछि सरकारले मुलुकका पुर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र डुबानमा परेकाको तत्काल उद्धार गरी राहत वितरणमा उच्च प्राथमिकताका साथ उद्धार टोली परिचालन भईरहेको भन्दै कठिन घटीमा राहत सामग्री र उद्धारकार्यमा सहयोग गर्न उद्योगी, व्यवसायी, सामाजिक संघ संस्था लगाएत लाई अपिल पनि गरेको छ ।

खाद्य सामाग्री तथा सरसफाई लगायत कारणले फैलन संक्ने संक्रमणलाई मध्यनजर गरी स्वास्थ्य मन्त्रालयसंग समन्वय गरी टोली पठाउने तयारी भईरहेको पनि सरकारले जनाएको छ ।

 

गएराती देखिको भारी बर्षा पछि स्थानीय नदीमा आएको बाढीका कारण झापा ,मोरङ, सुनसरी, सर्लाही, रौतहट, सप्तरी लगायत पुर्वका जिल्ला र पश्चिममा बाँके र दाङ डुबानमा परेका छन् । ती जिल्लामा नेपाली सेनाको व्यारेक, विमानस्थल सबै जलमग्न हुनुको साथै सर्वसाधरणका घर डुबानमा परेका छन् भने जनजीवन पुर्णतया अस्तव्यस्त बनेको छ ।

 

सरकारले गएराती देखिको बाढीका कारण मोरङमा ३, झापामा २, सुनसरीमा ७, पाँचथरमा ३, बारामा १, सर्लाहीमा १, बाकेमा ३, दाङमा १, सिन्धुलीमा ४, पाल्पामा १ जनागरी ३० जनाको ज्यान गई सकेको र केही हराईरहेको पुष्टि गरेको छ ।

 

त्यसैगरी झापाको मोदनामा र पश्चिम बाँकेमा वाढीमा फसेकालाई उद्धार गर्ने काम भईरहेको पनि सरकारले जनाएको छ । झापाको मदरगाछी र कपनकपास भन्ने स्थानमा पनि उद्धारका लागि टोलि पठाएको जानकारी गराएको छ ।
बैठकपछि गृहमन्त्री जनाद्र्धन शर्माले बाढी पहिरो र डुबानको समस्या देखिएका जिल्लामा गृह मन्त्रालयले उद्धार तथा राहत उपलब्ध गराउनका लागि टोलि परिचालन गरिएको बताउनुभयो ।

 

पश्चिममा ओभरी, गावर र गन्धनी पुल तथा पुर्वको गछिवा पुल क्षतिग्रस्त भएको तथा बागमति सिंचाईको ड्याममा खतरा आउने संकेत देखिएकाले केही डोजर र एक्जाभेटर पठाईएको, बाटोमा भएको अवरोध खोल्ने काम भईरहेको भन्दै गृहमन्त्री शर्माले सबैलाई धैर्य हुन आग्रह गर्नुभयो ।

 

उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी लगायतको टोलि परिचालित रहेको र विमानस्थलमा हेलिकप्टर र तालिम प्राप्त फोर्स कमाण्डको टोलीलाई तयारी अवस्थामा राखिएको भन्दै गृहमन्त्री शर्माले मौसम अनुकुल हुने वित्तिकै सम्बन्धीत स्थानमा परिचालित हुने जानकारी दिनुभयो ।

जल तथा मौैसम विज्ञान विभागले पनि बाढी पूर्वानुमान शाखाले विशेष अपिल जारी गर्दै तल्लो तटीय क्षेत्र र डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन भनेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

11 comments

  1. Really enjoyed this article post.Thanks Again. Will read on…

  2. Im grateful for the article post.Much thanks again. Keep writing.

  3. I really liked your blog post.Really looking forward to read more. Awesome.

  4. buy hacklink says:

    Appreciate you sharing, great article.Much thanks again. Really Great.

  5. Thank you ever so for you post.Much thanks again. Keep writing.

  6. Thanks so much for the article post.Really looking forward to read more. Fantastic.

  7. I truly appreciate this post.Really looking forward to read more. Want more.

  8. sletrokor says:

    Really appreciate you sharing this article post.Really thank you! Really Great.

  9. VigRx says:

    Thank you ever so for you blog.Thanks Again. Cool.

  10. Fantastic article.Really thank you!

  11. Really appreciate you sharing this blog article.Really looking forward to read more. Really Cool.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट