समाचार

बाढी पहिरोमा ४९ जनाको मृत्यु, १७ जना वेपत्ता

काठमाडौ, २९ साउन । शुक्रबारदेखि परेको अविरल पानीका कारण अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार देशबा विभिन्न जिल्लामा अहिलेसम्म ४९ जनाको मृत्यु भएको र १७ जना वेपत्ता रहेका छन् ।

 

केन्द्रका अनुसार पाचथरमा एक जना, सिन्धुलीमा ४, झापामा ४ जना, मोरङमा ५जना, सुनसरीमा ८ जना, सर्लाहीमा ३ जना, बारामा २ जना, दाङमा २ जना, बाकेमा ४ जना, रौतहटमा ७ जना, धनुषामा १ जना, वर्दियामा २ जना, मकवानपुरमा १ जना, पाल्पामा १ जना, सुर्खेतमा ३ जना र कैलालीमा १ जनाको ज्यान गएको छ ।

 

केन्द्रका अनुसार बाढी पहिरोमा परी १३ जना घाइते भएको र ३ सय ५ वटा घरमा क्षति पुगेको छ ।

 

Data Badhi Pahiro

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट