समाचार

बारामा कृषक दम्पतीको हत्या

जीतलाल श्रेष्ठ, बारा, १६ मंसिर । बारामा एक दम्पतीको हत्या गरिएको अवस्थामा आज शव फेला परेको छ । मृत्यु हुनेमा बारा जीतपुर—सिमरा उप महानगरपालिका ३ बजनीका ३५ वर्षिय दिपक सुवेदी र निजकी पत्नी दिपा सुवेदी रहेको बारा प्रहरीले जनाएको छ ।

दिपाको शव घर भित्रै र दिपकको शव घरदेखि करिब ४० मिटर पर रहेको परालको कुन्यौमा परालले छोपिएको अवस्थामा फेला परेको हो । घटना राती अन्दाजी १० बजेदेखि १२ बजेको बिचमा भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीहरुको अनुमान छ ।

घटनाको प्रकृति हेर्दा दिपालाई बलत्कार गरि हत्या गरिएको हुन सक्ने र दिपकले प्रतिकार गर्दा हत्या गरिएको हुन सक्ने प्रारम्भिक अनुमान लगाउन सकिन्छ । प्रहरीले घटनाको गहिरो अनुसन्धान गर्न मध्य क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट तालिम प्राप्त कुकुरको प्रयोग गरि संलग्न अपराधीहरुको खोजीमा लागेका छन् ।

समान्य परिवारका सुवेदीले केही वर्ष यतादेखि बस्तीदेखि करिब १ किलोमिटर पर गाई फर्म सञ्चालन गर्दै आई रहेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट