समाचार

बारामा हावाहुरीका कारण फलफुल र अन्नबालीमा क्षती

बारा । मंगलवार राती आएको हावा, हुरीका कारण बारामा लगाइएको फलफूल तथा खेती नष्ट भएको छ । व्यवसायिक रुपमा लगाइएको खेती नष्ट भएपछि किसानहरु चिन्तामा छन ।

बारामा हावाहुरीका कारण उत्पादनउन्मुख फलफूल र अन्नबाली नष्ट भएको छ । ६ सय विघा भन्दा बढी गरिएको ब्यवसायिक केरा खेतीमा हावा, हुरीले २ सय विघा भन्दा बढी भागमा केराका बोट नष्ट गरेको हो ।
हावा, हुरीले निजगढ, भरतगञ्जसिगौल, रतनपुरीमा किसानहरुलाई क्षति पुर्याएको बारा केरा तथा फलफूल उत्पादक संघ निजगढका अध्यक्ष एक बहादुर श्रेष्ठले बताउनुभयो ।

प्रति कठ्ठा वार्षिक ३ देखि ४ लाख सम्म आम्दानी लिदै आएका केरा कृषकहरु हावा, हुरीले खेती नष्ट गरेपछि समस्यामा परेका छन ।

एक पटक लगानी लगाउदाँ तीन पटक सम्म आम्दानी लिन सकिने भएकाले तराका विभिन्न जिल्लामा किसानहरुले केरा खेती गर्दै आएका छन् ।
नगदे बाली केराको क्षतिबाट किसानहरु मात्र नभएर राज्यलाई पनि ठूलो क्षति पुगेको बारा केरा तथा फलफूल उत्पादक संघ निजगढ उपाध्यक्ष गोविन्द खरेलले बताउनुभयो ।

हावा हुरीका कारण उखु, मकैं, धान लगायतका अन्नबाली पनि नष्ट भएको छ । निजगढमा ३० लाख भन्दा बढी आप, लिच्ची, कटहर जस्ता फलफूल खेतीमा पनि क्षति पुगेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट