समाचार

बालविवाह गराए तीन बर्ष कैद

मोरङ, २७ साउन । मोरङका चन्दन ऋषिदेवले १६ बर्षको उमेरमा आफुभन्दा एक वर्ष कान्छीसंग विवाह गरे । कक्षा ८ मा पढ्दा पढ्दै आफुखुसी विवाह गरेका कारण उनलाई घरबाट निकालियो । पत्नी पाल्ने पाल्ने जिम्मेवारीका कारण उनले पढाई छोडे ।
विवाहको दुई बर्षमा छोरा जन्मिएपछि शिक्षा र सी नभएका यो दम्पतीलाई गुजारा चलाउन हम्मे भयो । चन्दनले बालबाविहका कारण भोग्नुपरेको पीडा सुनाएलगत्तै हेटौंडाकी मनीषा लामाले पनि यस्तै ब्यथा सार्वजनिक गरिन् ।
२० बर्ष नपुगी गरिएका विवाह स्वत : रद्ध हुने विवाह गर्ने केटाकेटीका साथै गारउने ब्यक्तिलाई तीन बर्ष कैद वा ३० हजार जरिवाना वा दुवै हुन सक्ने ब्यवस्था गरिएको छ ।, यो अबर आजको अन्नपुर्ण पोष्टमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट