समाचार

बिद्यार्थी बोकेको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गयो

भारत,  २७ चैत । भारतको हिमाञ्चल प्रदेशस्थित कङ्ग्रा जिल्लामा छात्रछात्रा बोकेको बस दुर्घटना हुँदा २७ जनाको ज्यान गएको छ ।

कङ्ग्रा स्थित एक स्थानीय नीजि बिधालयका छात्रछात्र बोकेको बस सडकबाट करिब तीन सय फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा चालक, दुइ जना बिधालयका कर्मचारी एक महिला तथा २३ जना छात्रछात्राले ज्यान गुमाएका हुन् । चार देखि १२ बर्ष उमेर समुहका बालबालिका दुर्घटनामा परेका हुन । घाइते ११ बालबालिकाको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको जनाइएको छ ।

हिमाञ्चल प्रदेश राज्य सरकारले ज्यान गुमाउने प्रत्येकलाई पाँच लाख रुपैया क्षतिपुर्ति प्रदान गर्ने जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. https://www.facebook.com/alisa.tayler says:

    Im grateful for the article.Much thanks again. Will read on…

    https://www.facebook.com/alisa.tayler

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट