समाचार

बिमान बेपत्ता अपडेटः बाजुरामा भेटिएको भनिएपनि अझै सम्पर्कविहीन

काठमाडौं, २ जेठ । सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको मकालु एयरको विमान बाजुराको बगरमा भेटिएको बताइएको पनि आधिकारिक पुष्टि हुन सकेको छैन ।
आज बिहान ६ः५५ बजे सामान लिएर उडेको नाइन एन ए जे जी कलसाइनको कार्गो विमानमा प्राविधिक समस्या देखिएपछि बाजुराको बगरमा फोर्स ल्याण्ड गरिएको बताइएको थियो । तर, बाजुराको बगरमा अहिलेसम्म विमान अवतरको कुनै जानकारी प्राप्त हुन सकेको छैन । बेपत्ता विमानको हेलिकोप्टर र स्थगलगत खोजी जारी रहेको छ ।
विमानमा चालक दलका २ सदस्य मात्रै रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट