समाचार

बुढीगण्डकी जलविद्युत् आयोजना अाफैले बनाउने सरकारकाे निर्णय

काठमाडौँ, ८ मंसीर । मन्त्रीपरिषदको बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलविद्युत् आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने निर्णय गरेको छ । बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना आठ वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बुढीगण्डकी आयोजना नेपाल विद्युत प्राधिकरणलाई बनाउन दिने निर्णय गरेको हो । सरकारले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै गत कात्तिक २७ गते बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको थियो ।

खारेज गरिएपछी भारतको एक चर्चित सञ्चारमाध्यले चिनियाँ कम्पनी गेजुवाबाट खोसिएको बुढीगण्डकी जलविद्युत आयोजना अब भारतीय कम्पनीले पाउने दावी गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट