समाचार

बुढीगण्डकी निर्माणको जिम्मा चिनिया कम्पनीलाई दिने निर्णय खारेज

काठमाडौ, २७ कार्तिक । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिने निर्णय खारेज गरेको छ । आज विहान बसेको मन्त्रिपरिषद बैठकले चिनियाँ कम्पनी गेजुवा ग्रुपसँग भएको सम्झौता खारेज गर्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री कमल थापाले अनियमित र हचुवा ढंगले सम्झौता भएको भन्दै संसदीय समितिको निर्देशन अनुसार चिनियाँ पक्षसँगको सम्झौता खारेज गरिएको जानकारी दिनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिइसकेपछि काम चलाउ सरकारका तत्कालीन उर्जा मन्त्री जनार्दन शर्माले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी गेजुवालाई दिने निर्णय गर्नुभएको थियो ।

कालो सूचिमा परेको गेजुवालाई रातारात अनियमित तरिकाले बुढी गण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा दिइएको भन्दै त्यसको विरोध हुँदै आएको थियो । अहिले गेजुवाले आयोजना निमार्ण क्षेत्रको आवाश्यक अध्यन समेत गरिरहेको बेला सरकारले निर्णय उल्ट्याएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट