समाचार

बेनी–ढोरपाटन सडकको मुनासम्म ट्याक खोल्ने काम सम्पन्न

म्याग्दी । मध्य पहाडी लोकमार्गको विकल्प मानिएको बेनी–ढोरपाटन सडकको मुनासम्म ट्याक खोल्ने काम सकिएको छ ।
एक दशक अघि ट्याक खुलेको २४ किलोमिटर दुरीको बेनी–दरवाङ सडक पनि कालोपत्रे हुन थालेको छ ।
यो सडक सञ्चालनमा आएमा बागलुङ–बुर्तीवाङ खण्डको विकल्प बन्नेछ ।

मध्य पहाडी लोकमार्गको विकल्प मानिएको बेनी–ढोरपाटन सडकको दरवाङ–बिम–ताकम–मुना–लुलाङ–जलजला सडकको १८ किलोमिटर ट्याक खुलेको छ ।
एक दशक अघि नै ट्याक खुलेको बेनी–दरवाङ २४ किलोमिटर सडकमा भने डिभिजन कार्यालय बागलुङले कालोपत्रेको काम सुरु गरेको छ । कृषि सडक आयोजना अन्तरगत दरवाङ–बिम–ताकम हुदै मुना सम्मको ट्याक खोलीएको हो ।
दरवाङबाट सुरु भएको सडकको ट्याक खोल्ने काम आठ बर्षपछि बिम–ताकम हुदै मुनासम्म पुर्याइएको हो ।

मध्य पहाडी लोकमार्गमा थप सात किलोमिटर विस्तार गरेपछि लुलाङ हुदै ढोरपाटनको सिमाना जलजला जोडीने छ ।
आठ वर्षको अवधिमा चार करोड ७५ लाख रुपैया खर्च भइ सकेको छ ।
जिल्ला समन्वय समितिले यो सडक निमार्णका लागि चालु आर्थिक बर्षमा ७२ लाख रुपैंया र गत वर्षको साठी लाख रुपैया बजेट खर्च गरेर धौलागिरि गाउँपालिका ७ बगरदेखि ताकमसम्म पाँच किलोमिटर ट्याक खोलेको हो ।

ताकमदेखि मुना र दरवाङदेखि साउँबोटसम्मको ट्याक खोल्ने काम यसअघिनै सकिएको थियो । धौलागिरि गाउँपालिकाले २५ लाख रुपैया बजेट खर्चेर शिवरात्री खोलाको पहाड फुटाएपछि दरवाङदेखि साउँबोटसम्म सिधा सवारी सञ्चालन हुन थालेको छ ।
मोटर चल्न थालेपछि शिवरात्री खोला तथा म्याग्दी नदीमा मोटरेबल पुल निर्माणको तयारी सुरु भएको छ । वाईट देवेन्द्र केसी, प्रमुख जिल्ला समन्वय समिति
शिवरात्री खोलादेखि साउँबोटसम्म अपर म्याग्दी जलविद्युत आयोजनाले तिन किलोमिटर सडक बनाई सकेको छ । धौलागिरि, मालिका र मंगला गाउँपालिका तथा बेनी नगरपालिकालाई समेटेको पश्चिम म्याग्दीको लाईफ लाईन मानिएको यो सडक ढोरपाटनसम्म जोडेपछि मध्य पहाडी लोकमार्गको विकल्प समेत बन्ने छ ।
यो सडक मध्य पहाडी लोकमार्गको बागलुङ बजारदेखि बुर्तीवाङ हुदै ढोरपाटन जोड्ने सडक भन्दा करिब एक सय किलोमिटर छोटो हुनेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट