समाचार

बेरुजु बढ्यो, सबैभन्दा बढि भौतिक पूर्वाधार मन्त्रालयको बेरुजु

काठमाडौँ । बिहिबार सार्वजनिक भएको महालेखापरिक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार चालु आर्थिक वर्षमै गठन भएका स्थानीय तहको बेरुजु अर्थात् नियमविपरित गरिएको खर्च करिब १४ अर्ब देखिएको हो । चालु आर्थिक वर्षमा कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये प्रदेश नम्बर १ का स्थानीय तहले नियमविपरित खर्च गरेका हुन् ।

केन्द्रमा भौतिक योजना मन्त्रालयको सबैभन्दा धेरै बेरुजु रकम रहेको छ । त्यस्तै खानेपानी तथा सरसफाई मन्त्रालय, शिक्षा मन्त्रालय लगाएतअन्तर्गत रहेका निकायको खर्च भएको रकम नियमविरित रहेको देखिएको हो । तर अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रपतिको कार्यालय लगाएतका निकायहरुको बेरुजु रकम कम देखिएको छ ।

चालु आर्थिक वर्षसम्मको सरकारी बेरुजु मात्रै २१ अर्ब २६ करोड रुपैया पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म १६ अर्ब ७ करोड रहेको बेरुजु रकम बढेर २१ अर्ब पुगेको हो । अन्तरसकारी निकायको समन्वय नहुँदा बेरुजु रकम बढेको महालेखापरिक्षकको कार्यालयलेृ सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. https://article.wn.com/view/WNATcf1bb9329efc9cadf856ce35b95764e2/ says:

    Awesome blog.Much thanks again. Will read on…

    https://article.wn.com/view/WNATcf1bb9329efc9cadf856ce35b95764e2/

  2. tri-cities real estate says:

    I cannot thank you enough for the blog.Really looking forward to read more. Great.

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट