समाचार

बैशाखमा चुनाव गर्न नसके राजीनामा दिन ओलीको प्रचण्डलाई सुझाव

काठमाडौ, २६ फागुन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन गराउन नसक्ने हो भने प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभएको छ ।
सप्तरी घटनाबारे जानकारि दिन काठमाडौंमा एमालेले गरेको कार्यक्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीको खुट्टा धरमराएको दाबी गर्नुभएको हो । अध्यक्ष ओलीले कुनै पनि बहानामा स्थानीय तह निर्वाचनको मिति तलमाथि हुन नहुने पनि बताउनु भयो ।
तोकिएकै मितिमा चुनाव गर्न नसक्ने हो भने तत्काल राजीनामा दिन प्रधानमन्त्री दाहाललाई सुझाव दिँदै अध्यक्ष ओलीले निर्वाचन आयोगलाई देखाएर प्रधानमन्त्री दाहाल निर्वाचनबाट भाग्न खोजेको आरोप समेत लागउनु भयो ।
अध्यक्ष ओलीले सत्तापक्षकै योजनामा सप्तरीमा एमाले नेताहरुको सामुहिक हत्याप्रयास भएको दाबी पनि गर्नुभयो ।
अध्यक्ष ओलीले कञ्चनपुरको आनन्दबजारमा भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट नेपालीको मृत्यु हुँदा चुपचाप बसको भन्दै सरकार र मधेसी मोर्चाको नियतमा खोट रहेको दाबी पनि गर्नुभयो ।
सोमबार सप्तरीमा एमालेको मेची–महाकाली अभियानलाई मधेसी मोर्चाका कार्यकर्ताले बिथोल्न खोजेपछि प्रहरीको गोली लागेर चार जना मोर्चा कार्यकर्ताको मृत्यु भएको थियो । उक्त घटनापछि एमालेले स्थगित गरेको अभियान शुक्रबारदेखि हेटौंडाबाट सुरु हुँदैछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट