समाचार

बैशाख ९ गते एमाले–माओवादीको एकता हुनेमा आशंका

काठमाडौँ । वैशाख ९ मा गर्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको पार्टी एकतामा अनेकन शंका र संसय उत्पन्न हुन थालेको छ । लामो समयसम्म शिर्ष तहमा छलफल नभएपछि उव्जिएको आशंका चिर्न दुई दलका शीर्ष नेताबीच सोमवार पुनः छलफल भएको छ ।

वैशाख ९ नजिंकिदै गएपनि चैत २२ यता पार्टी एकता संयोजन समितिको बैठक बस्न नसक्नु, दोश्रो तहका नेताको विरोधाभास अभिव्यक्ति सार्वजनिक हुनु जस्ता कारणले पुरै पार्टी पंक्ती तरंगीत् छ । तर, शीर्ष नेताका बीचमा मंगलबार बस्ने संयोजन समितिको बैठकले विवादीत विषय टुंग्याउने सहमति भएको छ ।

नेताहरुका अनुसार, पार्टी एकतापछिको एकीकृत पार्टीमा कुन पार्टीका कति सदस्य रहने, निर्वाचन चिन्ह के बनाउने र विधानको प्रस्तावनामा जनयुद्ध शव्द राख्ने कि नराख्ने भन्नेमा दुई दल भित्र विवाद छ । यसअघि कार्यदलस्तरमा समेत यो विषयमा सहमति नजुटेपछि विवाद ब्यबस्थापन गर्ने जिम्मा शीर्ष नेतालाई दिइएको हो । यो बीचमा प्रधानमन्त्री ओली भारत भ्रमणमा गएपछि विवादित विषयमा शिर्ष तहमा थप छलफल हुन सकेन ।

प्रचण्डको स्वास्थ्य, कार्यव्यस्तता जस्ता कारणले एकता प्रक्रियामा अझै यही विषयमा अल्झि रहेको छ । सोमवार भएको शिर्ष दुई नेताको छलफल कुन विषयमा केन्द्रित् भयो र ‘वान टु वान’ भनिएको वार्ताले विद्यमान अन्यौल चिर्न सक्यो की सकेन ? कार्यदलस्तरमा देखिएको विवाद व्यवस्थापन पुनः कार्यदलस्तरमै फर्किएकाले बैशाख ९ मा पार्टी एक हुन्छ की हुंदैन भन्नेमा पनि आशंका छ ।

नेताहरुबीच एकीकृत पार्टीको केन्द्रीय समिति २९९ सदस्यीय बनाउनेमा सहमति भएपनि कुन पार्टीबाट कति जना रहने भन्ने मिलाउन कठिन छ । २९९ सदस्यीय केन्द्रीय कमिटीमा एमाले र माओवादीका धेरै केन्द्रिय नेता व्यवस्थापन गर्नुपर्ने हुन्छ । एमालेले ७०–३० को अनुपात प्रस्ताव गरेपनि माओवादीले ५०– ५० को भुमीका मागेको छ । यो एकता प्रक्रियामा देखिएको अर्को समस्या हो ।

नेतृत्व सञ्चालन कार्यविधिमा पनि सहमति जुटेको छैन । केपी ओली प्रधानमन्त्री र सेरेमोनियन अध्यक्ष तथा प्रचण्ड कार्यकारी अध्यक्ष हुनुपर्ने माओवादीको शर्तले पनि एमाले नेतृत्व झस्किएको छ । यी सबै असमझ्दारी बैशाख ९ अघी नै समाधान हुने भरपर्दो आधार अझै बनेको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

4 comments

  1. http://www.indofeed.com/Entertainment/sexy-nude-models-live-free-on-webcam/ says:

    Wow, great article.Much thanks again. Really Great.

    http://www.indofeed.com/Entertainment/sexy-nude-models-live-free-on-webcam/

  2. websites for sale says:

    I really like and appreciate your blog.Really thank you! Really Great.

    http://wheretoget.it/buysellempire

  3. kennewick richland pasco property management says:

    Enjoyed every bit of your blog article.Thanks Again. Will read on…

    http://www.tri-cityherald.com/news/local/news-columns-blogs/article31757694.html

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट