समाचार

भक्तपुरमा सिलिण्डर बम विस्फोट, घरमा सामन्य क्षति

भक्तपुर, २९ बैशाख । भक्तपुरको चाँगुनारायण नगरपालिका– २ मा आज बिहान बम विस्फोट भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरीय नेता माधव खत्रीको घर नजिकैको पर्खालमा बम विस्फोट भएको प्रहरीले जनाएको छ ।

बम विस्फोटबाट मानवीय क्षति नभए पनि उनको घरमा सामान्य क्षति पुगेको जनाइएको छ । विष्फोटबाट घरको झ्यालमा क्षति पुगेको प्रहरीले जनाएको छ । भक्तपुरका प्रमुख जिल्लाख अधिकारी द्रोण पोखरेलले सिलिण्डर विष्फोट भएको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

सिलिण्डर बम विस्फाट हुँदा करीब एक किलोमिटर वरिपरि चर्को आवाज आउनुकासाथै ठूलो कम्पन भएको स्थानीयले बताए । हाल घटना स्थलमा नेपाली सेना, प्रहरी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । स्थानीय चुनाव हुन दुई दिन मात्र बाँकी रहेको समयमा बम विस्फोट भएपछि भक्तपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट