समाचार

भदौ १ गतेभित्र प्रतिनिधिसभाको चुनावको मिति घोषणा हुने

काठमाडौ, २३ साउन । मंसीरमा चुनाव गर्ने राजनीतक दलका बीचमा छलफल चलिरहेका बेला निर्वाचन आयोगका पदाधिकारीले सामुहिक रुपमा भेटेर १० दिनभित्र चुनावको मिति घोषणा गर्न सरकारसग आग्रह गरेका हुन् । चुनावको तयारीका लागि कम्तिमा ३ महिनाको समय आवश्यक रहेको भन्दै आयोगले चुनावको मिति घोषणा गर्न आग्रह गरेको हो ।

आयोगको आग्रहअनुसारै प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ १ गते भित्र प्रतिनिधि सभा निर्वाचनको मिति घोषणा गरिसक्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभाका लागि निर्वाचन कानुन र निर्वाचन क्षेत्र निर्धारणको काम छिटो सक्न पनि सरकारसग आग्रह गरेको छ ।
निर्वाचन आयोगले आगामी मंसीर पहिलो हप्ता भित्र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुनेगरी सरकार समक्ष कार्ययोजना यसअघि नै पेश गरेको छ । आगामी माघ ७ गतेभित्र आसन्न सबै तहको निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक प्रावधाननुसा आयोगले सरकारलाई निर्वाचनको मिति घोषणा गर्ने काममा ढिलाई नगर्न पटक–पटक आग्रह गर्दै आएको छ ।

संघीय संसद र प्रदेशको चुनावका लागि आवश्यक विधेयक संसदमा दर्ता भएर संसदको राज्य व्यवस्था समितिमा छलफलकै क्रममा छ । त्यस्तै सरकारले २१ दिनभित्र प्रतिवेदन पेश गर्ने कार्यादेशसहित निर्वाचन क्ष्ँेत्र निर्धारण आयोग गठन गरिसकेको छ । आयोगको म्याद करिब एक साता मात्रै बा“की छ । आयोगले क्षेत्र निर्धारणका विषयमा सरोकारवालसग छलफल गरिराखेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट