समाचार

भाजपाका १३ जनाविरुद्ध मुद्धा चलाउन भारतीय सर्वोच्च अदालतको आदेश

एजेन्सी, ७ बैशाख । भारतको सर्वोच्च अदालतले भारतिय जनता पार्टिका १३ जना वरिष्ठ नेता विरुद्व सन् १९९२ मा बाबरी मस्जिदमा हिंसा भड्काएको अभियोगमा मुद्दा चलाउन आदेश दिएको छ ।
सन् १९९२ मा अयोध्या शहरको बाब्री मस्जिदमा हिन्दू र मुस्लिम समुहबीच दुई हजार बढीको ज्यान जाने गरि भएको हिंसामा भारतिय जनता पार्टिका १३ नेताहरुको प्रमूख भुमिका रहेको भन्दै सर्वोच्च अदालतले यस्तो फैसला गरेको हो ।

भारतीय जनता पार्टिका नेताहरु उमा भारती, लालकृष्ण आडवानी, मुरली मनोहर जोशी लगायतका नेताहरुले हिंसा भड्काएको आरोपमा अदालतले मुद्धा चलाउने आदेश गरेको हो । भारतको केन्द्रिय अनुसन्धान ब्युरोले भारतिय जनता पार्टिका नेताहरु विरुद्ध दायर गरेको मुद्धामा अदालतले यस्तो पैmसला गरेको हो ।
अदालतको आदेशपछि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले भारतीय जनता पार्टी आफ्ना नेताहरुको साथमा रहेको बताएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट