समाचार

भारतका नवनिर्बाचित राष्ट्रपति रामनाथ कोभिन्दले लिए सपथ

एजेन्सी, १० साउन । भारतका नवनिर्बाचित राष्ट्रपति रामनाथ कोभिन्दले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

भारतका १४ औं राष्ट्रपतिमा निर्बाचित कोभिन्दलाइ भारतीय संसद् भवनमा प्रधानन्यायधीश जेएस शेखरले शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा प्रधानमनत्री नरेन्द्र मोदी, उप–राष्ट्रपति हमिद अन्सारी, सभामुख सुमित्रा महाजन तथा उच्च सरकारी अधिकारुहरु तथा कुटनीतिज्ञहरु उपस्थित रहेका थिए ।

गत हप्ता भएको राष्ट्रपतिय चुनाबमा भारतीय जनता पार्टीका तर्फबाट उम्मेद्वारी दिएका कोभिन्दले बिपक्षी गठबन्धनको तर्फबाट उम्मेद्वारी दिएकी मिरा कुमार बिरुद्व ६५ दशमलब ६५ मत प्राप्त गर्दै राष्ट्रपतिमा निर्बाचित भएका थिए।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट