समाचार

भारतको इन्दौरमा होटल बवन भत्कियो, १० जनाको मृत्यु

एजेन्सी । मध्य भारतको इन्दौर शहरमा एक होटलको भवन भत्कँदा १० जनाको ज्यान गएको छ ।

भारतको ईन्दौर शहर स्थित चारतले भवन भत्किएको हो । घटनामा अरु २ जना घाइते भएका छन् । होटेल निकै पुरानो रहेपनि होटेल भत्किनुको कारण भने हालसम्म खुल्न सकेको छैन ।

यद्यपि भवनमा सवारी साधन ठोक्किएपछि भत्किएको हुनसक्ने जनाइएको छ । भारतमा भवन भत्कनु सामान्य मानिनछ । गत अगस्टमा मुम्बईमा १ सय १७ वर्ष पुरानो भवन भत्कँदा २२ जनाको ज्यान गएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट