समाचार

भारतको दक्षिणी राज्यमा ओखी आ“धिकाले १४ मृत्यु, बेपत्ता २ सय जनाको उद्धार

भारत,१७ मँसिर । भारतको दक्षिणी राज्य केरला र तमिलनाडुमा आएको आ“धिका कारण ज्यान गुमाउनेको सङख्या १४ पुगेको छ ।

तमिलनाडुको कन्याकुमारि र केरलास्थित लक्सदिपमा आएको ओखी आ“धिपछि भीषण बर्षा भएको थियो । १ सय ३० किलोमिटर प्रतिघण्टाको गतिमा ओखी आ“धि आएको मौसम बिभागले जनाएको छ ।

आ“धि र बर्षामा बेपत्ता भएका करिब २ सय जनाको उद्धार गरिएको छ । उद्धारकार्यमा नौसैन्य बिमान सहित तटिय सुरक्षाकर्मीहरु खटिएका छन् । आगामी २४ घण्टासम्म आ“धीले थप १ सय ४५ किलोमिटर प्रतिघण्टाको गति लिनसक्ने मौसम बिभागको अनुमान छ ।

केरलाको तटिय क्षेत्रहरुमा सुरक्षा सतर्कता अपनाउन सबैलाइ निर्देशन जारी गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट