समाचार

भारतको मुम्बईमा आगलागि हुदाँ १५ जनाको मृत्यु, अमेरिकाको न्युयोर्क शहरमा भएको आगलागीमै १२ जनाको ज्यान गयो

एजेन्सी, १४ पुस । भारतको आर्थिक राजधानी मुम्बईमा भएको आगलागीमा कम्तिमा १५ जनाको ज्यान गएको छ ।

मुम्बईको मध्य भागमा रहेको कमला मिल्स भन्ने स्थानमा भएको घटनामा अरु १५ जना घाइते भएका छन् । एक रेस्टुरेन्टमा महिलामात्र सहभागी पार्टी चलिरहेका बेला शुक्रबार सबेरै ३ बजे आगलागी सुरु भएको मुम्बईको आगलागी व्यवस्थापन निकायले जनाएको छ ।

पार्टीमा महिलाको मात्रै सहभागीता रहेका कारण मारिनेमा १२ महिला र ३ पुरुष छन् । आगलागीपछि भागदौड सुरु भएको र केहि महिलाले आफूलाई बाथरुममा बन्द गरेर राखेका थिए । तर, पछि आगलागीको धुवा“का कारण उनीहरुको सास फेर्न नसकेर ज्यान गएको बताइएको छ ।

आगलागीको कारण हालसम्म खुल्न नसकेको र रेस्टुरेन्टका संचालकलाई प्रहरीले पक्राउ गरेका छन् ।

यस्तै, अमेरिकाको न्युयोर्क शहरमा भएको आगलागीमा परी १२ जनाको ज्यान गएको छ । न्युयोर्क शहरस्थित ब्रन्जको लिटिल इटाली भन्ने स्थानमा रहेको एक आवशीय भवनमा आगो लाग्दा भएको घटनामा अरु चार जना गम्भिर घाइते भएका छन् । घटनामा मारिनेमा एक जना शिशु पनि रहेको बताइएको छ । उद्दारकर्ताले अरु १२ जनालाई भवनबाट सकुशल निकालेका छन ।

भवनको पहिलो तल्लाबाट सुरु भएको आगो क्रमशः पूरै भवनमा फैलिएको थियो । भवनको बाहिर भने कुनै क्ष्ँति भएको नदेखिएको अधिकारीले जनाएका छन् । आगलागीको कारण स्पष्ट हुन नसकेको र यसबारे अनुसन्धान भइरहेको छ ।

घटना न्युयोर्क शहरको इतिहासमा निकै लामो समयपछि भएको सबैभन्दा भीषण आगलागी भएको भन्दै शहरका मेयर बिल डे ब्लाजियोले दुःख व्यक्त गरेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट