समाचार

भारतको यस्तो आग्रह अमेरिकाले अस्विकार गर्यो

एजेन्सी, १६ फागुन । अमेरिकी संसद्को आप्रवासन तथा सीमा सुरक्षा उपसमितिमा ‘अमेरिकी रोजगारी संरक्षण तथा वृद्धि’ नामक विधेयक विचाराधीन छ । यस विधेयकमा बाहिरी मुलुकबाट आएका कामदारको न्युनतम तलब ६० हजार अमेरिकी डलरबाट बढाएर १ लाख अमेरिकी डलर पु¥याउने उल्लेख छ ।
यसबाट अमेरिकी उद्योगले एच–वान बी नामक भिसामा बाहिरी मुलुकबाट अमेरिका आएका कामदारलाइ रोजगारी दिएर धेरै तलब दिनुको सट्टा अमेरिकीलाइ नै रोजगारी दिने अपेक्ष्ाँ गरिएको छ । यस विधेयकका कारण भारतमा प्रविधी पढ्दै गरेका युवाहरु निराश हुन थालेको बताइएको छ । एच–वान बी भिसामा अमेरिकामा काम गर्न जाने दक्ष कामदारलाइ तलबका रुपमा मोटो रकम दिनुपर्ने भएका कारण अमेरिकी कम्पनीले दक्ष भारतीय कामदारलाइ काम नदिने देखेर विज्ञान तथा प्रविधी विषय पढ्दै गरेका भारतीय युवामा निराशा छाएको हो ।
भारतले एच–वान बी भिसा प्रकृयालाइ खुकुलो बनाउन अमेरिकासग आग्रह पनि गरेको छ । अमेरिकी विदेशमन्त्री रेक्स टिल्लरसन तथा टिल्लरसनकी भारतीय समकक्ष्ँी सुष्मा स्वराजबीच यसै महिनाको सुरुमा भएको टेलिफोन वार्ताका क्रममा पनि स्वराजले भारतीयका लागि एच–वान बी भिसा प्रकृया खुकुलो बनाउन आग्रह गरेकी थिइन् । त्यस्तै गत साता अमेरिकी सांसदको समुहसगको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि एच–वान बी भिसालाइ खुकुलो बनाउन आग्रह गरेका थिए ।
भारतको आग्रहका बावजुद अमेरिकाले एच–वान बी भिसा प्रकृयामा उदार नभएको बताइन्छ । यस विषयमा छलफल गर्नका भारतीय विदेश सचिव एस जयशंकर आगामी मंगलबार अमेरिकाको भ्रमणमा जा“दैछन् । भ्रमणका क्रममा जयशंकरले पुनः भारतीयहरुका लागि अमेरिकामा एच–वान बी भिसा प्रहृयालाइ सरल बनाउन आग्रह गर्ने बताइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट