समाचार

भारतमा भवन भत्किएर मृत्यु हुनेको संख्या १७ पुग्यो

एजेन्सी, ११ साउन । भारतको मुम्बई शहरमा भवन भत्किदा ज्यान गुमाउने मानिसहरुको सङ्ख्या १७ पुगेको छ ।

मुम्बईको घटकोपर क्षेत्रमा रहेको कम्तीमा ३५ वर्ष पुरानो भवन भत्कदा अरु दर्जनौ घाइते भएका छन् । अवैधानिक रुपमा निर्माण गरिएको भनिएको ४ तले भवनलाई यसअघि नर्सिङ होमका रुपमा प्रयोग गरिएको जनाइएको छ ।

नर्सिङ होम रहेको भवन मर्मत गर्ने क्रममा भत्केको भारतीय सञ्चार माध्यमले जनाएका छन् । महाराष्ट्रको राज्य सरकारले घटनाबारे छानबिन गरी प्रतिवेदन दिन स्थानीय अधिकारीलाई निर्देशन दिएको छ । घटनापछि प्रहरीले एकजनालाई पक्राउ गरेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट