समाचार

भारतीय सिमा सुरक्षा बलको गोली लागी एक नेपालीको मृत्यु

कञ्चनपुर, २६ फागुन । कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय सीमा सुरक्षा बलले गोली चलाउँदा एक नेपालीको मृत्यु भएको छ ।

कम्मरमा गोली लागेर गम्भीर घाइते भएका स्थानीय गोविन्द गौतमको अस्पतालमा पुगेपछि मृत्यु भएको छ ।
एसएसबीका जवानहरुले आनन्द बजारका नेपालीलाई कुटपिट गरेको विरोधमा स्थानीयबासी प्रतिरोधमा उत्रिएका थिए । त्यसक्रममा नेपाली र भारतीयबीच झडप भएको थियो ।

आनन्दबजारस्थित नेपाली भूमिमा नेपालीहरुले कल्भर्ट निर्माण गर्न लाग्दा गुगल म्यापले भारतको भूमि देखाएको भन्दै एसएसबीले काम रोक्न धम्की दिएपछि विवाद सुरु भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट