समाचार

भारत भ्रमणमा भारु सटहीकाे कुरा किन उठाएनन् अाेलीले ?

काठमाडाैं, ४ बैशाख । प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँच सय र एक हजारका नोट सटहीको विषयलाई नेपाली पक्षले नै औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको रकम यत्तिकै थन्किएको छ ।

प्रम ओलीको भारत भ्रमणका बेला करिब डेढ वर्षदेखि थाती रहेको भारु सटहीको विषयले निकास पाउने अपेक्षा गरिएको थियो । यसअघि भारत भ्रमणमा जानुअघि संसदमा सम्बोधन गर्ने क्रममा प्रम ओलीले भारु सटहीको विषय उठाउने दावी पनि गरेका थिए ।

प्रमको भ्रमणमा समेत भारु सटहीको विषयले निकास नपाउँदा सरकारी प्रणालीमा रहेको करिब ५ करोड भारु प्रयोजनविहीन बनेको छ । भारतका अर्थमन्त्री अरुण जेटली बिरामी भएका कारण यो विषयमाथि छलफल नभएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । अाजकाे कान्तिपुरमा समाचार छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. https://www.stumbleupon.com/su/2ZjKP7 says:

    Thanks-a-mundo for the blog article.Much thanks again. Much obliged.

    https://www.stumbleupon.com/su/2ZjKP7

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट