समाचार

भीषण बम आक्रमणका मुख्य योजनाकार प्रहरिको कारबाहीमा मारिए

टर्की,१६ मँसिर । टर्कीको शहर इस्तानबुलमा गत बर्ष भएको भीषण बम आक्रमणका मुख्य योजनाकार प्रहरिको कारबाहीमा मारिएका छन् ।

गत बर्ष जुनमा इस्तानबुलस्थित अतातुर्क बिमानस्थलमा भएको आत्मघाती बम आक्रमणका योजनाकार अख्मद चतयेभ जर्जिया प्रहरिको कारबाहीमा मारिएका हुन् । गत बर्ष जुनमा इस्तानबुलमा भएको आक्रमणमा ४५ जनाको जयान गएको थियो भने सयौं घाइते भएका थिए ।

जर्जियाको राजधानी टिबीलिसीमा प्रहरिले २० घण्टासम्म गरेको कारबाहीमा आक्रमणकारि मारिएका हुन् ।

आक्रमणकारि इस्लामिक स्टेटका लडाकु हुन् । भागेर जर्जिया पुगेका आक्रमणकारिबारे प्रहरिले लामोसमययता खोजीकार्य जारि राखेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट