समाचार

भीषण हावाहुरीका कारण एकसय २५ को मृत्यु, दुइ सय भन्दा बढी घाइते

भारत, २१ बैशाख । भारतको राजस्थान र उत्तर प्रदेश राज्यमा भीषण हावाहुरी आउँदा सय भन्दा बढीको ज्यान गएको छ ।

राजस्थान र उत्तर प्रदेशका बिभिन्न क्षेत्रमा आएको हावाहुरीमा परि ज्यान ज्यान गुमाउनेको सङ्ख्या एक सय २५ पुगेको छ । विगत दुइ दशकयता आएका हावाहुरीमध्ये यो पटक सबैभन्दा धेरैको ज्यान गएको उत्तर प्रदेशस्थित प्रकोप व्यवस्थापन निकायले जनाएको छ ।

अबको ४८ घण्टासम्म भारी बर्षा तथा हावाहुरी चल्ने भन्दै सर्वसाधारणलाई सुरक्षा उपाय अपनाउन भारतीय मौसमविज्ञान बिभागले निर्देशन दिएको छ । हावाहुरीमा विभिन्न भौतिक संरचना समेत ध्वस्त भएका छन् भने दुइ सय भन्दा बढी मानिस घाइते भएका छन् ।

उत्तर प्रदेश सरकारले ज्यान गुमाएकाहरुको प्रत्येक परिवारलाइ चार लाख भारतीय रुपैया क्षतिपुर्ति प्रदान दिने घोषणा गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट