समाचार

भीषण हावाहुरीमा परि २७ जनाको मृत्यु, एक सय जना भन्दा बढी घाइते

भारत, २० बैशाख । भारतको राजस्थान राज्यमा आएको भीषण हावाहुरीमा परि २२ जनाको ज्यान गएको छ ।

राजस्थानको भरतपुर, धोलपुर, अल्वार सहित बिभिन्न क्षेत्रमा हावाहुरी फैलिएको हो । हावाहुरीमा सबैभन्दा धेरै भरतपुरमा १२ जना सहित अन्य बिभिन्न क्षेत्रमा २७ जनाको ज्यान गएको भारतीय सन्चारमाध्यमले जनाएका छन् । त्यस्तै एक सय जना भन्दा बढी घाइते भएका छन् । हावाहुरीका कारण हजार भन्दा बढी बिधुतिय पोल तथा रुखहरु ढलेपछि बिधुतिय सेवा ठप्प भएको छ । बिधुत पुन सुचारु हुन कम्तीमा दुइ दिन लाग्ने स्थानीय बिधुत वितरण कम्पनीले जनाएको छ ।

राजस्थान सरकारले ज्यान गुमाएका प्र्रत्येकको परिवारलाइ चार लाख क्षतिपुर्ति प्रदान गर्ने र घाइतेहरुलाइ आवश्यक उपचारखर्च उपलब्ध गराउने जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट