समाचार

भ्रष्टाचार आरोपमा साउदी राजकुमारसहित ११ जना पक्राउ

एजेन्सी, १९ कार्तिक । साउदी अरबमा भ्रष्टाचार विरुद्धको अभियानका क्रममा व्यापक धरपकड सुरु भएको छ । साउदी अरबको भ्रष्टाचार विरोधी निकायले धनाढ्य साउदी राजकुमार अल वालिद बिन तलाल तथा अरु ११ जना राजकुमार, बहालबाला ४ मन्त्रीहरु तथा अरु दर्जनौ पूर्वमन्त्रीलाई पक्राउ गरेको हो ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठन भएको भ्रष्टाचार विरोधी निकायले गिरफ्तार गरेको हो । नवगठित निकायलाई मुलुकका उच्च पदस्थ अधिकारीलाई गिरफ्तार गर्न तथा यात्रा प्रतिबन्ध लगाउनेसम्मको अधिकार दिइएको छ ।

यसैक्रममा साउदी राष्ट्रिय रक्षामन्त्री राजकुमार मितेब बिन अब्दुल्लाह तथा साउदी नौ सेनाका प्रमुख अब्दुल्लाह बिन सुल्तान बिन मोहम्मद अल सुल्तानलाई समेत बर्खास्त गरिएको छ । उनीहरुलाई बर्खास्त गरिनुको कारणबारे केहि खुलाइएको छैन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट