समाचार

मकालु एयरको जहाज दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याईयो

काठमाडौं । मकालु एयरको सिंगल इन्जिनयुक्तकार्गो जहाज दुर्घटनामा मृत्यु भएका चालकदलका सदस्यको शव काठमाडौं ल्याईएको छ ।

सिम्रिक एयरको हेलिकोप्टरबाट दुबैजनाको शवत्रिवि शिक्षण अस्पतालमा ल्याईएको हो ।
बुधवार बिहान सुर्खेतबाट कार्गो सामानलिएर सिमकोट उडेको मकालु एयरको एजेयू–नाइन–एनसिमकोटदेखि दक्षिण–पश्चिमथार्पुनाथगाउँपालिकाको बाहुनचौरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा पाइलट किरण भट्टराई र को–पाइलट आदित्य नेपालीको निधनभएको थियो ।
घटनास्थलबाट माउन्टेन एयरको हेलिकोप्टरले शव सुर्खेत पुराएको थियो भने सुर्खेतबाट सिम्रिक एयरको हेलिकोप्टरबाट सिधै शिक्षण अस्पताल ल्याईएको हो ।
शिक्षण अस्पतालमा मृतकदुवैको शव परिक्षण हुने बताईएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट