समाचार

मजदुर माथि गोली प्रहार

रौतहट । अज्ञात समूहले रौतहटको कटहरिया नगरपालिका–८ स्थित एक ईटाभट्टामाकार्यरत मजदुर माथि गोली प्रहार गरेको छ ।

कटहरिया नगरपालिका–८ पिप्रापोखरियामा टोलमा रहेको नेम ईटाभट्टमा कार्यरत मजदुुर गरुडा नगरपालिका– ५ का ५० बर्षिय राम असिष यादव माथी गोलि प्रहार भएको हो । उनको अवस्था गम्भीर छ । ढाडमा गोलि लागेका यादबको बीरगञ्जमा उपचार भैरहेको छ ।

घटनामा संलग्न रहेको आशंकामा भट्टामा कार्यरत केही मजदुर लाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक गोबिन्द थापाले जानकारी दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट