समाचार

मणिग्राममा गोली चल्यो, एक युवा घाइते

रुपन्देही, ३ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मा राममणी क्याम्पस नजिक गएराति अज्ञात समुहको गोली प्रहारबाट एक जना घाइते भएका छन् ।
अज्ञात समुहले चलाएको गोली लागेर मजदुरीमा संलग्न रामकेश धवल घाइते भएको प्रहरीले जनाएको छ । उनको ढाडमा गोली लागेको बताइएको छ । गोली प्रहारबाट घाइते भएका धवलको  क्रिमसन अस्पताल मणिग्राममा उचपार भइरहेको छ ।
गोली कसले किन हानेको हो भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । घटनापछि सो क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट