समाचार

मतदाता परिचय पत्रमा त्रुटि भए चिन्ता नलिनुस्, भोट हाल्न पाइन्छ

काठमाडौ, बैशाख । आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको केही मतदाताहरुको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिए पछि निर्वाचन आयोगले नागरिकतालाई मूल आधार बनाएर मतदान गर्न सकिने बताएको छ ।

यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ। मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् ।

तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनु पर्नेछ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको हो । आज शनिबार पनि मतदाता परिचय पत्र वितरण जारी राखेको छ । दुर्इ दिनमा ४० प्रतिशत बढी परिचयपत्र वितरण भइसकेको आयोजले जनाएको छ ।

र, धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् । मतदाता परिचयपत्रमा समस्या देखिएपछि आयोगले शुक्रबार वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो ।

आयोगका सचिव गोपीनाथ मैनालीले भनेः‘ यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं।’ मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने त्यही प्रयोग गरेर मतदान गर्नु पर्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. 284415 318436Thank you a good deal for sharing this with all men and women you in fact recognize what you are speaking about! Bookmarked. Please furthermore speak more than with my internet internet site =). We could have a hyperlink alternate arrangement among us! 764290

  2. lie says:

    21257 31839Fantastic info, much better still to discover out your blog that has an excellent layout. Nicely done 274942

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट