समाचार

मतदान केन्द्रको संख्या १८ हजार ५ सय ७२

काठमाडौं, ६ वैशाख । निर्वाचन आयोगले स्थानीय तहको चुनावका लागि १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ ।

आज बसेको आयोगको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो ।

आयोगले १० हजार ६ सय ४० मतदान स्थललाई पनि अन्तिम रुप दिएको हो ।

आयोगका अनुसार २०७० सालको संविधान सभाको चुनावभन्दा अहिले २ हजार कम मतदान केन्द्र रहेको र मतदान स्थल ६ सयले बढेको निर्वाचन आयोगले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट