समाचार

मनमोहनको शालिकमा माला लगाउँदै प्रधानमन्त्री ओलीले भने– पार्टी एकिकरणमा भागबण्डामा समस्या छ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताअघि केहि समस्या देखिए पनि हल गरेर अगाडि बढ्ने बताउनुभएको छ । नेकपा(एमाले)का संस्थापक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको १९ औँ स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले माओवादी र एमाले पार्टीबीचमा भागबण्डाको समस्या रहेको स्वीकार्दै त्यसमा सबैको चित्त बुझाउन नसकिने धारणा पनि राख्नुभयो ।

वामपन्थी पार्टी एकताबद्ध गराउने अधिकारीको सपना भएको प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबीचमा एकताको घोषणा छिट्टै हुने बताउनुभयो । उहाले सरकारको प्रमुख ध्यान मुलुकको समृद्धितर्फ रहेको भन्दै अब बिकासको मोडलमा मुलुक प्रवेश गर्ने जिकिर गर्नुभयो ।

प्रधानमन्त्री ओलीले मनमोहन अधिकारी आदर्शवादी नेता भएको भन्दै लोकतन्त्र स्थापना गर्न उहाले योगदान महत्वपूर्ण रहको बताउनुभयो । ओलीले मनमोहन अधिकारीजस्ता नेतालाई बिर्सिए नेपालको कम्युनिष्ट आन्दोलनको औचित्य नरहने पनि बताउनुभयो ।

त्यस्तै एमालेका नेताहरुले एकीकृत सवल कम्युनिष्ट पार्टी मनमोहन अधिकारीको इच्छा भएको भन्दै त्यो केही दिनमा पूरा हुने धारणा राखेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक नामक पुस्तक बिमोचन गर्नुभएको थियो ।

स्वर्गीय अधिकारी २०५१ सालमा पहिलो कम्युनिष्ट प्रधानमन्त्री हुनुभएको थियो । विक्रम संवत १९७८ सालमा काठमाडौंमा जन्मेका अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. ed sheeran 2017 says:

    Great write-up, I am regular visitor of one’s website, maintain up the nice operate, and It is going to be a regular visitor for a lengthy time.

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट