समाचार

मन्त्रिपरिषद् बैठक शुरू, अाइजीपीबारे निर्णय हुनसक्ने

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा महानिरीक्षक नियुक्ति लगायतका एजेन्डामा छलफल गर्ने स्राेतले बताएकाे छ ।

बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजिपीले अवकाश पाउन लागेकाले सरकारले दुवै संगठनमा नयाँ आइजिपी नियुक्ति गर्न लागेको हो।

नेपाल प्रहरीका आइजिपी प्रकाश अर्याल तथा सशस्त्र प्रहरी बलका आईजिपी सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण अवकाश पाउन लागेका हुन् ।

नेपाल प्रहरीमा आइजिपीको दौडमा डिआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की लगायत छन्। सशस्त्र प्रहरीमा एआइजी सर्वेन्द्र खनाल अरु भन्दा ११ महिना सिनियर भएकाले आइजिपीमा उनको सम्भावना बढी भएको स्रोत बताउँछ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट