समाचार

माअाेवादी नेता वर्षमान पुन चढेकाे गाडी विद्युतीय धरापमा पर्याे

रोल्पा, २५ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन चढेको गाडी विद्युतीय धरापमा परेको छ ।

रोल्पाको माडी गाउँपालिका–१ भिट्टाबाङको जंगलमा माओवादी नेता पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको हो ।

विस्फोटका कारण गाडीमा समान्य क्षति पुगेको छ । चुनाव प्रचारका लागि रोल्पाका उम्मेदवार समेत रहेका नेता पुन जिल्लामा रहेका बेला उनकाे गाडीलाई लक्षित गरी विस्फोट भएको हो । रोल्पाको घर्ती गाउँमा हुने कार्यक्रमा सहभागी हुन जाँदै गर्दा पुनमाथि लक्षित गरी आक्रमण भएको हो ।

शुक्रबार मात्रै रुकुममा पनि माओवादी उम्मदेवार जनार्दन शर्मालाई लक्षित गरेर विप्लवका कार्यकर्ताले बम प्रहार गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट