समाचार

माघे संक्रान्तिमा गुल्मीको रिडिमा कम्मलको व्यापार

गुल्मी, ४ माघ । पाल्पा, गुल्मी र स्याङ्गजाको संगमस्थल रुरुधाममा लागेको ३ दिन माघे संक्रान्ती मेलामा राडी, पाखी र काम्लोको राम्रो व्यापार भएको छ ।

बिगत झै यसपालि पनि मेलामा भेडाको ऊनबाट बनेको राडी, पाखी र काम्लोको राम्रो किनबेच भएको हो । बाग्लुङ्ग, मुस्ताङ्ग, रोल्पा र जुम्लाका ७० भन्दा बढी व्यापारीहरुले घर–घरमा बुनेका राडीपाखी रिडीको माघे मेलामा बिक्री गरेका छन् । १५ सय देखि ७ हजार सम्म मूल्य पर्ने राडी, पाखी र काम्लो एक परिवारले १० देखि ७० वटा सम्म बिक्री गरेका छन् ।

धेरैले घरमा बनाएको ल्याउने गरेपनि कतिपयले अन्यसग खरिद गरेर पनि ल्याउने गरेका छन् । हिन्दु धर्ममा यसलाई चोखो ओड्ने र ओछ्उने बस्तुको रुपमा लिइने हुदा यस्ता राडीपाखीको माग बढेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट