समाचार

माडीमा बाढीबाट माटोका करिव ४० घर पूर्ण रुपमा क्षति, २ सय घर प्रभावित

चितवन, साउन २८ । चितवनको दक्षिण क्षेत्र माडी नगरपालिकामा बाट साँढे २ सय घर डुबान परेका छन् । शुक्रबार दिउँसोदेखि परेको अविरल वर्षा पछि आएको बाढीले माटोका ४० घर पूर्ण रुपमा क्षति पुगेको र २ सय घरमा प्रभावित बनेको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

बाढीले पारेको क्षतिको अवस्था बुझ्न अहिले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरीी उपरीक्षक दीपक थापालगायतको टोली अहिले माडीमा रहेको छ । बाढी प्रभावितहरुलाई सुरक्षित स्थानमा राखिएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिनुभयो ।

बाढीले बरुवा चिरौली बीचमा पर्ने चिताई खोलाको पुल समेत बगाएको छ । बाढीबाट मानवीय क्षती भने भएको छैन् । माडी नगरपालिकाको वडा नं.१, २, ४ र ६ का गाउँहरु डुबानमा परेको हो ।

माडीका गटुवा, बनकट्टा, कुन्तीपुर, सन्तपुरलगायत स्थानका घरहरु डुबानमा परेका हुन् । अहिले रिउ खोलाको सतह ३.३७ मिटर छ भने नारायणी नदीको सतह ५.३० मिटर रहेको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट