समाचार

मुक्तिनाथमा पूजा गरे मोदीले

मुस्ताङ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन् । शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ पुगेका मोदीले करिब २० मिनेटसम्म  विशेष पूजा गरेका हुन् ।

मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीको सहयोगमा मोदीले पूजा गरेका थिए।विशेष पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरेका थिए ।

पूजाअर्चनापश्चात् मन्दिरबाट फर्किने क्रममा उनले त्यहाँ उपस्थित स्थानीयहरुको पनि सम्मान ग्रहण गर्दै सामुहिक फोटो खिचाएका थिए।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट