समाचार

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, ४ असार । पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा आइतबार बिहान पहिरो खसेपछि सवारी आवागमन पूर्ण रुपमा ठप्प भएको हो ।
अहिले जुगेडीबाट आँपटारीसम्म र कालिखोलाबाट मुग्लिनसम्म नै गाडी जाममा परेको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सयौं गाडी जाममा पर्दा हजारौं यात्रु अलपत्र परेका छन् । दुईवटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अहिले पनि पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कम्तिमा पनि १० बजेसम्म बाटो खोल्न सकिने अवस्था छैन । नारायणगढ–मुग्लिन सडकखण्डमा खनिरहेको ठाउँमा माथिबाट पहिरो खसेपछि बाटो अवरुद्ध भएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट