समाचार

मुम्बईको पुलमा भागदौड मच्चिदा २२ जनाको मृत्यु

एजेन्सी, १३ असोज । भारतको मुम्बईमा एउटा रेलवे स्टेशन जोड्ने पुलमा शुक्रबार बिहान भागदौड मच्चिदा २२ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।

भीडमा च्यापिएर र भाग्ने क्रममा भूईंमा लड्दा अर्कोले किचेर उनीहरुको ज्यान गएको र अरु केही नराम्ररी घाइते भएका बताइएको छ ।

घाइतेको स्थानीय अस्पतालहरुमा उपचार जारी रहेको छ । भारतीय आर्थिक राजनीति मानिने मुम्बई सहर नजिकैको एक स्थानीय रेल स्टेशनमा रहेका व्यक्तिहरुमा एक्कासी भागदौड सुरु भएको थियो ।

मुम्बईको मूल बजार नजिकैको लोवर प्यारेल र एल्फिन स्टोन स्टेशन जोड्ने पुलमा भागदौड मच्चिएको हो । बिहान पानी परिरहेको थियो । त्यस समयमा उक्त स्टेशनमा रेल चढ्न भिड लागेर बसेका नागरिकमा भागदौड मच्चिएको प्रहरीले जनाएको छ ।

स्थानीय रेल स्टेशनमा जम्मा भएर रहेका व्यक्तिहरु अकस्मातको ठूलो बर्षापछि ओतलाग्न आकासे पुलको सहारा लिन पुगेका र त्यसै समयमा पुल भाँचिन लागेको हल्ला चलेपछि त्यहाँ जम्मा भएका सयौ व्यक्तिबीच भागदौड मच्चिएको थियो । त्यस क्रममा भूईमा लडेका व्यक्तिमाथि एकले अर्कोलाई कुल्चिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट