समाचार

मेक्सिकोको सिमानामा पर्खाल लगाउने काम शुरु

एजेन्सी, २२ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानको समयदेखि नै मेक्सिकोबाट आउने अवैध आप्रवासी, लागूपदार्थ तस्कर तथा अपराधी नियन्त्रण गर्न सीमानामा पर्खाल लगाउने बताउदै आएका थिए ।

यसैक्रममा अहिले मेक्सिकोको सीमानामा निर्माण गर्न लागिएको पर्खालको नमूना बनाउने काम धमाधम भइरहेको छ । भर्खरै सार्वजनिक भएको तस्बीरमा मेक्सिकोको सीमानामा क्यालिफोर्निया राज्यको सान डिएगो शहर नजिकै पर्खालका आठ ओटा नमुना बनाउने काम गरिरहेको देखाइएको छ ।

पर्खाल बनाउन विभिन्न कम्पनीले ठेक्का दाबी गरेअनुसार ८ किसिमका पर्खालको नमुना बनाइएको हो । पर्खालको उचाई १८ देखि ३० फिट र चौडाई ३० फिट रहेको छ । सुरुङ खन्न रोक्नका लागि हरेक पर्खालको जग जमिनको सतहबाट ६ फिटको गहिराईसम्म खनिएको छ ।

नमुना अनुसार कसैले पनि चढ्न नसक्ने गरि पर्खालमा छानो बनाएर छानामा धातुका तीखा किला लगाइएको छ । नमूना पर्खाल निर्माण पछि हरेक नमूनामा विशेष प्रकारले मजबुती जाचिने छ ।

गत सेप्टेम्बर देखि बनाउन सुरु गरिएको पर्खाल अबको तीन साता भित्रमा सम्पन्न गरिसक्ने योजना छ । राष्ट्रपति ट्रम्पले व्यक्तिगत रुपमै पर्खालका नमुनाको अवलोकन गरेर एउटा पर्खाललाई छानेर मेक्सिकोको सीमानामा लगाउने जनाइएको छ ।

ट्रम्पको योजना अनुसार सुरु भएको पर्खाल निर्माण कार्यले अमेरिकाको दक्षिणी सीमा भएर मेक्सिकोबाट आउने मध्य अमेरिकी मूलका अवैध आप्रवासीलाई कति सम्म रोक्न सक्छ त्यो भने हेर्न बाकी छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट